फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा

फिटनेस र फिल्डिङमा वर्कआउट गरिरहेका छौं – प्रशिक्षक टमाटा

केन्द्रबिन्दु
0
Shares

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपबाट एशिया कप खेल्ने लक्ष्यका साथ नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अभ्यासमा ब्यस्त छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टोलीले च्याम्पियनसिपको तयारीलाई तीब्रता दिइरहेको छ । पछिल्लो पटक युगाण्डासँगको खेलमा देखिएको फिटनेस र फिल्डिङको समस्यालाई सुधार गर्दै नेपाली टोली च्याम्पियसिप खेल्ने तयारीमा रहेको हो ।

\"\"

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार मलेसियामा आयोजना हुने एसिसि महिला टी–२० च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गर्‍यो । जहाँबाट १५ खेलाडी च्याम्पियनसिपका लागि योग्य हुनेछन् र अन्तिम टोली घोषणा गर्न बाँकी छ । पछिल्ला पटक सम्पन्न युगाण्डासँगको श्रृंखलापछि नेपाली महिला टोलीले च्याम्पियनसिपकै लागि ब्यस्त रहँदा टोलीले मुख्यतः फिटनेस र फिल्डिङमा विशेष ध्यान दिइरहेको छ ।

मुख्य प्रशिक्षक जगत टमाटाले पनि नेपाली टोली फिटनेस र फिल्डिङमा केन्द्रित रहेर च्याम्पियनसिपका लागि कडा मिहिनेत गरिरहेको बताए । युगाण्डासँगको श्रृंखलापछिको टोलीले निरन्तर अभ्यासमा जोड दिँदा ब्याटिङमा सुधार गरेको र बोर्डमा १ सय २० रन माथि बनाउनसके जुनकुनै टोलीलाई चुनौति दिनसक्ने प्रशिक्षक टमाटाको बुझाइ छ ।

\"\"

Logo