नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएका शेरबहादुर कुँवर गैरसांसद रहेका छन् । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफासि गरेको हो ।
संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो ।
अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो । उनको राष्ट्रिय सभाको कार्यकाल गत फागुन २० गते सकिएको थियो ।































प्रतिक्रिया