स्रोत नखुलेको साढे सात लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे सात लाख नगदसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।     

Logo