नेसन्स कप फुटबलमा आज राति फ्रान्स र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदैछ । सोही समूहको अर्को खेलमा अस्ट्रिया र डेनमार्क आमने सामने हुनेछन् ।
फ्रान्स र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति साढे १२ बजे पोलजुड स्टेडियममा हुनेछ । जुन क्रोएसियाको घरेलु मैदान हो । लिग ए को समुह एकको पहिलो खेलमा अस्ट्रिया र डेनमार्क दुवैले आ-आफ्नो पहिलो खेलमा जित हात पारिसकेका छन् ।
फ्रान्स र क्रोएसियाबीच आजसम्म ८ पटक भेट भएको छ । त्यसमध्ये फ्रान्सले ६ खेल जितेको छ भने दुई खेलमा हार भोगेको छ । पछिल्ला ५ खेलमध्ये ३ वटामा फ्रान्स विजयी भएको थियो भने २ वटा बराबरीमा सकिएका थिए ।
हाल फिफा वरीयतामा तेस्रो स्थानमा रहेको फ्रान्स सन् २०१८ को विश्व कप र २०२१ को नेसन्स कप विजेता पनि हो ।
३४ हजार घरेलु दर्शकअघि पूर्व विजेता तथा भ्रमणकारी टोली फ्रान्सलाई खेल्न सहज भने हुने छैन । खेल अघि भएको पत्रकार सम्मेलनमा क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिसले भने, “हामीले आफूलाई माथि उठाउनै पर्छ । अस्ट्रियासँग हामी हार्यौ । अब विश्व च्याम्पियनसंग प्रतिस्पर्धा गर्दैछौं । हाम्रो अहिलेको स्थिति न सुखद न सजिलो नै । हाम्रा खेलाडीहरू पनि कोही क्लब ट्रान्सफरको बारेमा सोचिरहेका छन्, केही रिकभर हुन बाँकी छन् र केही छुट्टीको बारेमा सोचिरहेका छन् । हामी अस्ट्रियासँगको पराजयलाई भुल्ने प्रयास गर्दैछौ तर फ्रान्स र डेनमार्कविरुद्ध हाम्रो खेल सजिलो हुनेछैन।'





























प्रतिक्रिया