विश्व विजेता फ्रान्स क्रोएसियासँग बराबरीमा रोकियो

विश्व विजेता फ्रान्स क्रोएसियासँग बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

नेसन्स कपको समूहचरण अन्तर्गतको खेलमा फ्रान्स र क्रोयसियाले १—१ को बराबरी खेलेका छन्।

पहिलो खेलमा डेनमार्कसँग २–१ ले पराजित भएको फ्रान्स दोस्रो खेलमा पनि क्रोएसियासँग बराबरी खेलेपछि अब उसको अगाडिको यात्रा मुस्किलमा परेको हो।

खेलको ५२ औँ मिनेटमा फ्रान्सले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरीमा ल्याएको थियो। क्रोयसियाका आन्द्रेया क्रेमारिचले ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

गत विश्वकपमा क्रोएसियालाई हराएर फ्रान्सले उपाधि जितेको थियो। तर यसपटक नेसन्स लिगमा फ्रान्सले दुई खेलबाट एक अंक मात्र जोडेको छ। पहिलो खेलमा डेनमार्कसँग १–० गोलले पराजित भएको थियो।

अब फ्रान्सले अष्ट्रियासँग खेल्नेछ। समूहमा डेनमार्क ६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ। फ्रान्स र क्रोयसिया दुवैसँग सम्मान १ अंक छ।

Logo