काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरु मध्ये राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस हुने भएको छ । नेकपाको आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
छिमेकी देश भारतले पब्जीसहित थप १ सय १८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको छ । भारत–चीन सीमा क्षेत्र लद्दाखमा केही दिन यतादेखि भएको तनावपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले थप एक सयभन्दा बढी एप्सहरुमाथि प्रतिबन्ध लगाएको हो ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बीमा गर्नेको संख्या पनि बढ्दै गएको छ । हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको छ ।
यस्तै बुधबार राति बागलुङ्को ढोरपाटन नगरपालिका वडा न. ७, ८ र ९ मा गएको बाढीपहिरोमा ठूलो जन धनमा क्षती पु¥याएको छ । पछिल्लो अपडेट अनुसार १० जनाको मृत्यु भएको छ भने ४१ जना अझै वेपत्ता छन् ।
देशमा विभिन्न स्थानमा भएको निषेधाज्ञाका कारण जनजीवन निकै कस्टकर बनेको छ । यस्तो अवस्थाले दैनिक श्रम गर्ने वर्ग झर्नै पीडित बनेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै कोभिड–१९ सम्बन्धी उच्चस्तरिय निर्देशक समिति (सीसीएमसी) ले निषेधाज्ञा जारी भएको जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । हेरौं भिडियोमा :





























प्रतिक्रिया