एमालेले काठमाडौँ बोलायो जनप्रतिनिधि, पार्टी स्कुलले कक्षा दिने

एमालेले काठमाडौँ बोलायो जनप्रतिनिधि, पार्टी स्कुलले कक्षा दिने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ। 

एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी हुने महासचिव शंकर पोखरेलले जनाएका छन्।

असार २ गते काठमाडौं पुग्नेगरि देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरूलाई सर्कुलर पठाएको छ। जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ।

Logo