निलम्बित भाजपा नेतृ नुपूर शर्माको सुरक्षा बढाइयो

निलम्बित भाजपा नेतृ नुपूर शर्माको सुरक्षा बढाइयो

केन्द्रबिन्दु
0
Shares

पैगम्बर मुहम्मदमाथि गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी  निलम्बित भाजपा नेतृ नुपूर शर्माको सुरक्षा बढाइएको छ।

दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्कीको उजुरी गरेपछि उनलाई थप सुरक्षा दिइएको हो। आफूलाई धम्की आएको गुनासोपछि शर्मा र उनको परिवारलाई सुरक्षा प्रदान गरिएको प्रहरीले जनाएको छ। 

शर्माले १० दिनअघि एक टिभी बहसका क्रममा पैगम्बरबारे गरेको विवादास्पद टिप्पणीपछि उनी विवादमा तानिएकी थिइन्। चौतर्फी आलोचनापछि उनलाई पार्टी प्रवक्ताबाट निलम्बन गरेको थियो। 

Logo