मन्त्रालयका खर्च कटौती गरि एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदकाे प्रस्ताव

मन्त्रालयका खर्च कटौती गरि एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदकाे प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल एमालेका चार जना सांसदले चार मन्त्रालयका खर्च कटौती गरि एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन्।

प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव गर्ने भएका हुन्।

बैठकमा प्रस्तुत विनियोजन विधेयक–२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको बिकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरि एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ।

Logo