आगामी भाद्र ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो’ आयोजना हुने

आगामी भाद्र ७ देखि १२ गतेसम्म ‘नाडा अटो शो’ आयोजना हुने

केन्द्रबिन्दु
0
Shares

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालद्वारा प्रत्येक वर्ष आयोजना गरिने नाडा अटो शो आगामी भाद्र ७ देखि १२ गतेसम्म आयोजना हुने भएको छ। 

१५औं संस्करण ‘नाडा अटो शो २०२२’ का लागि आगामी जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेसन खुल्ला गरिने भएको छ।

काठमाडौंको भृकुटीमण्डपकाे प्रदर्शनीस्थलमा आयोजना हुने उक्त प्रदर्शनीका लागि सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्यधिक माग भएकाले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

विगतका संस्करणहरुमा उल्लेखनियरुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेइकलहरुलाई पनि सम्मिलित गर्ने उद्देश्यले कमर्सियल भेइकलहरुको सहभागिताका लागिसमेत स्टल बुकिङ रजिष्ट्रेसन आह्वान गरिएको बताइएको छ।

Skip This
Skip This
Logo