बजाजका मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक, तीन मोडलको मूल्य वृद्धि

बजाजका मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक, तीन मोडलको मूल्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बजाज कम्पनीका मोटरसाइकलको नयाँ मुल्य सार्वजनिक भएको छ । 

नयाँ मुल्यसुची अनुसार तीन मोडलका बाइकको मूल्य वृद्धि भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बुधबारदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार तीन मोडलको मूल्य वृद्धि भएको हो ।

यस अनुसार सबैभन्दा धेरै बजाज पल्सर २२० एफ एबीएसको मूल्यमा वृद्धि भएको छ । पहिले ३ लाख ७४ हजार ९ सय रुपैयाँ पर्ने पल्सर २२० एफ एबीएसको मूल्य अहिले ३ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी पल्सर १५० एसडी र एभेन्जर २२० क्रुजको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरिएको छ । अब यी दुई मोटरसाइकलको मूल्य क्रमशः २ लाख ८२ हजार ९ सय र ३ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
 

Skip This
Skip This
Logo