नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६–१ ले पराजित गरेको छ। अघिल्लो खेलमा बेल्जियम नेदरल्याण्डसँग ४–१ ले पराजित भएको थियो ।
तर पोल्याण्ड विरुद्ध भने एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले पोल्यान्डको पोस्टमा गोलको वर्षा नै ग¥यो । बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डी ब्रुरुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे ।
गएराति भएको खेलमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले २८औं मिनेटमा पोल्यान्डका लागि अग्रता दिलाएका थिए । तर एक शून्यले पछि परेको स्थितीमा बेल्जियमले आफ्ना गोल्डेन जेनरेशन खेलाडीका साथ शानदार पुनरागमन गरे । बेल्जियमले ४२औं मिनेटमा एलेक्स विटसेलको गोलबाट बराबरी गोल गर्यो । दोस्रो हाफमा बेल्जियमले थप ५ गोल गरेपछि शानदार विजय हासिल गरेको हो । ५९औं मिनेटमा केभिन डी ब्रुयनाले गरेको गोलबाट बेल्जियमले अग्रता लियो । ७३औं मिनेटमा लिएन्द्रो ट्रोसार्डले घरेलु टोलीको अग्रता बढाए । त्यसको सात मिनेट वित्न नपाउँदै ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल थपे ।
पहिलो जितपछि २ खेलबाट ३ अंक जोडेर बेल्जियम दोस्रो स्थानमा उक्लेको छ भने पराजित पोल्याण्डको ३ अंक नै छ । दुवै खेल जितेको नेदरल्याण्ड्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । कुनै खेल जित्न नसकेको वेल्स समूहको पुछारमा छ ।





























प्रतिक्रिया