सिंहदरबारभित्रै मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल

सिंहदरबारभित्रै मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल

केन्द्रबिन्दु
0
Shares

सिंहदरबारभित्रै सांसद रामबाबु यादव र मन्त्री राजेन्द्र श्रेष्ठबीच हात हालाहाल भएको छ । आगामी आर्थिक वर्षको बजेट वितरणलाई लिएर सत्ता साझेदार दलकै सांसदहरु असन्तुष्ट देखिएका छन्। त्यही असन्तुष्टिको गम्भीर दृश्य बिहीबार सिंहदरबारस्थित सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको कार्यकक्षमा देखियो।

आफूले तीन पटकसम्म पनि माग गर्दा बजेट नहालिदिएपछि गुनासो गर्न पुगेका जनता समाजवादीका सांसद रामबाबु यादव र मन्त्री श्रेष्ठबीच उनको कार्यकक्षमै हात हालाहालको अवस्था उत्पन्न भएको हो।  
 

जसपाबाट मन्त्री बनेका श्रेष्ठलाई आफूले माग गरेका योजनामा बजेट हालिदिन नसकेको भन्दै गुनासो गर्न गएका सांसद यादवले टेबल ठोक्दै आक्रोश पोखेका थिए। बारा क्षेत्र नम्बर ३ बाट विजयी यादवले मागेका योजनामा बजेट नहालिदिएको भन्दै आक्रोश पोखेपछि मन्त्रीको कार्यकक्ष तातेको थियो।

मन्त्री हुने, कार्यकर्तालाई भोट बैंक बनाउने तर योजना नहालिदिने भन्दै यादव कड्किएपछि श्रेष्ठ पनि झोंक्किएका थिए। त्यसपछि यादवले आफ्नो निर्वाचन क्षेत्रमा बजेट नहालिदिएको भन्दै मन्त्रीको कार्यकक्षको टेबल ठोकेका थिए। 

वातावरण गर्मिँदै गएपछि जसपाका निलम्बित सांसद हरिनारायण रौनियारसँगै मन्त्रीको कार्यकक्षमा सांसद यादवले बोतलको बजारेका थिए। एउटै पार्टीका मन्त्री र सांसदबीचको अवस्था हात हालाहालको अवस्थामा पुगेपछि श्रेष्ठको सचिवालयले सिंहदरबार प्रहरी प्रभागलाई हतार हतार खबर गरेको थियो। 

मन्त्रीको सचिवालयको खबरपछि प्रहरी निरीक्षकको कमाण्डको प्रहरी मन्त्रीको कार्यकक्षमा पुगेको थियो। त्यसपछि सांसद यादवले यो हाम्रो आन्तरिक मामिला, प्रहरी आउनुपर्दैनु भनेर बाहिर पठाइदिएका थिए। आफूले पटक पटक सिफारिस गरेका योजना बजेटमा नसमेटिएको गुनासो राख्न जाँदा मन्त्री श्रेष्ठले बोल्नै नदिएको यादवले बताए।

Logo