नेपाल ओमानसँग १३ रनले पराजित

नेपाल ओमानसँग १३ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ। टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रवार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो।

ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १९८ रनमा समेटियो। नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले ।  

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन जोडेको थियो। ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले ।

हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ।

Logo