प्रधानसेनापति शर्मा र इन्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र इन्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपालको लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। 

सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन्। 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। 

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

Logo