सांसद सङ्ग्रौलाको दावी, सांसदहरूले उठाएका विषय सरकारले सम्बोधन गर्छ

सांसद सङ्ग्रौलाको दावी, सांसदहरूले उठाएका विषय सरकारले सम्बोधन गर्छ

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दावी गरेकी छिन् ।

शुक्रबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सङ्ग्रौलाले कर बढेको लगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेकोले त्यस्ता विषय कार्यान्वयन गरेर जान सम्बन्धित मन्त्रीहरू समक्ष हुने विश्वास समेत व्यक्त गरे । बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाई नहुने तर्क गर्दै सांसद सङ्ग्रौलाले भनिन्, ‘कर बढि राख्या छ । यी विषयहरू सबै संसद्‍मा उठेका छन । सम्बन्धित निकायले यसलाई ध्यानाकर्षण गर्ला । अहिले माननीयहरूले उठाएको कुरामा पनि सभामुखले रुलिङ गर्नु भएको छ । सम्बन्धित मन्त्रीले कार्यान्वयन गर्नुहुन्छ ।’

सांसद सङ्ग्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिइन् ।

Logo