सांसद घनश्याम खतिवडाले यही जेठ २४ गते मोरङको रत्नमाई नगरपालिका वडा नंं ९ का जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटपिट गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले प्रधानाध्यापक खनाललाई सोही वडाका वडाध्यक्ष इन्द्रबहादुर लिम्बूले नेपाली कांग्रेसको पार्टी कार्यालयमा बोलाई सन्तोष घिमिरेमार्फत निर्मम तरिकाले कुटपिट गराएको बताए । सांसद खतिवडाले शिक्षकलाई बिनाकारण कुटिएको हुँदा पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गरे ।





























प्रतिक्रिया