आँबुखैरेनीको पहिरोमा मृत्यु भएका दुवै जनाको सनाखत

आँबुखैरेनीको पहिरोमा मृत्यु भएका दुवै जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ । शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी-४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग ३३ प १०८१ नम्बरको मोटरसाइकल र बा १५ प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएका दुई पुरुषको शव भेटिएकोमा सनाखत हुन सकेको थिएन ।

प्रहरीका अनुसार ज्यान गुमाउने स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी-२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौंडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेका छन् । उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Logo