अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने पक्राउ

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए। सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ती महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।

पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्‍यो । ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो । हामी अनुसन्धान गरिरहेका छौं ।’

उनलाई आपराधिक विश्वासघाट मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए। उनले अरुलाई पनि त्यस्तो गरे नगरेको भने खुलेको छैन ।

Skip This
Skip This
Logo