गठबन्धनले हाम्रो पार्टीलाई ठीक ढंगले मूल्यांकन गरेन : झलनाथ खनाल

गठबन्धनले हाम्रो पार्टीलाई ठीक ढंगले मूल्यांकन गरेन : झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको बताएका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्बर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान नगरेका कारण पार्टीलाई धेरै फाइदा नभएको बताए।

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दाबी गरे। १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएपछि एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ थियो। 

खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने धारणा राखे।

Logo