हेटौडामा ट्रकले लियो बाबु-छोरीको ज्यान, ट्रक चालक फरार

हेटौडामा ट्रकले लियो बाबु-छोरीको ज्यान, ट्रक चालक फरार

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको हेटौडा उपमहानगरपालिका-९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोरीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका-९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु-छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो । दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।

Logo