बिजुली तारमा हिँडेका माइलालाई परोपकार संस्थामा जिम्मा

बिजुली तारमा हिँडेका माइलालाई परोपकार संस्थामा जिम्मा

केन्द्रबिन्दु
0
Shares

ककनीको त्रिशूली थ्रि एु को प्रसारण लाइनमा हिँडेका माइला विकलाई काठमाडौंमा रहेको एक संस्थाको जिम्मा लगाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थाको जिम्मा लगाइएको हो । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार संस्थाले हेरचाह र उपचार गराउँछौं भने पछि जिम्मा लगाइएको हो । ककनी गाउँपालिका-७ स्थित विद्युत प्रसारण लाइनमा शनिबार उनी हिँडेका थिए ।  उनलाई नेपाली सेनाको टोलीले राति उद्धार गरेको हो । 

Logo