आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

केन्द्रबिन्दु
0
Shares

आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ ।

प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ । सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो ।

आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।
 

Logo