कोरोनाका सक्रिय संक्रमित १०० भन्दा कम, मंगलबार १२ जना थपिए

कोरोनाका सक्रिय संक्रमित १०० भन्दा कम, मंगलबार १२ जना थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १०० भन्दा कम भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै हाल देशभर ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् । 

देशभर २ हजार ३४१ नमूना परीक्षण गर्दा १२ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो तीन दिनको अवधिमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३ लाख ८५ हजार ९०६ रहेको छ।

Skip This
Skip This
Logo