प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्न परराष्ट्रमन्त्रीको आग्रह

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्न परराष्ट्रमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गरेका हुन् । दुई देशका बिचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उनले बताए । 
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी उनको भ्रमण नै रोक्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री खड्काले त्यसको खण्डन गरेका हुन् ।
उनले भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधीनताप्रति सरकार गम्भीर रहेको छ ।’

 

Logo