नेकपाका दुई अध्यक्ष बीच भेटवार्ता सुरु

नेकपाका दुई अध्यक्ष बीच भेटवार्ता सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई अध्यक्षद्वय बीच छलफल सुरु भएको हो । सचिवालय बैठक बस्नु अगाडि भेटवार्ता सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपाको सचिवालय बैठक भोलि बस्दैछ । पार्टीभित्र देखिएको विवाद समाधान गर्न गत साउन ३० गते कार्यदल गठन गरिएको थियो । सो कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुँदैछ ।

त्यस्तै भोलिको सचिवालय बैठकमा राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनित गर्नेभन्नेबारे पनि टुंगो लगाइने स्रोतको दाबी छ ।

Skip This
Skip This
Logo