बागमती प्रदेशसभाको बैठकमा विभिन्न समितिको पाँच वटा प्रतिवेदन पेस भएको छ। प्रदेश संसद् बैठकमा लोकसेवा आयोग र संसदीय समितिको वार्षिक प्रतिवेदन पेस भएको हो।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन सदनमा पेस गरे।
प्रदेश मामिला समिति सभापति माधव पौडेल, अर्थ तथा विकास समिति सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेले समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन्।
प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेस गरे।





























प्रतिक्रिया