विभिन्न घटनामा पाँच जना मृत अवस्थामा फेला

विभिन्न घटनामा पाँच जना मृत अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, ललितपुर, तनहुँ, कैलाली र नवलपरासी (पूर्व)मा पाँच जना मृत अवस्थामा फेला परेका छन्। भक्तपुरको भक्तपुर नगरपालिका–९ कमलविनायक दुर्गा मन्दिर नजिक पाटीमा सोही नगरपालिका–१० भत्केकोपाटीमा बस्ने ५६ वर्षीय पूर्णबहादुर भुजेल मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

ललितपुरको गोदावारी नगरपालिका–१३ झरुवारासी ढलेपिपल बस्ने ४० वर्षीया अम्बिका बिशंखे आफ्नै घर नजिक रहेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। 

तनहुँको ब्यास नगरपालिका–९ बर्यचौरमा सोही ठाउँ बस्ने ३२ वर्षीय केशव नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

उता कैलालीको टिकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौरा थारु मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी(पूर्व)को बिनयी त्रिबेणी गाउँपालिका–७ व्यारेजपुल नजिक खेतमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।      

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

Logo