लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन गरेको छ । आगामी वर्ष २०७९/८० को बजेट घोषणा गर्दै आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।
प्रस्तुत बजेटमा समावेश गरिएका कार्यक्रमहरू कार्यान्वयन गर्न  ४२ अर्ब ६३ करोड ५७ लाख विनियोजन  भएको छ  । कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१ दशमलव २६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रु २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहने अनुमान  गरिएको छ । 

वित्तीय समान करण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रु ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरेको  छ ।  कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११ दशमलव ३३ प्रतिशत रहने गरी प्रस्ताव गरेका छन् ।
आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमका लागि खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट रु ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँटबाट रु ७० करोड प्राप्त हुने अनुमान गरेका छन् । 
त्यसै गरी सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदानबाट रु ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट रु ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट रु ७३ करोड ९० लाख, विशेष अनुदानबाट रु ४८ करोड ३५ लाख, चालु आर्थिक वर्षको बचत रकमबाट  ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब परिचालन हुने अनुमान गरेको आर्थिक मामिला सहकारी मन्त्री कृष्ण ध्वज खड्काले जानकारी दिएका छन ।

Logo