‘कुन मान्छे भित्र आए कुन बाहिर गए थाहा छैन, राष्ट्रप्रति गद्दारी गरेको भए जिम्मेवारी लिन तयार छु’

‘कुन मान्छे भित्र आए कुन बाहिर गए थाहा छैन, राष्ट्रप्रति गद्दारी गरेको भए जिम्मेवारी लिन तयार छु’

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले राजस्वको दर परिवर्तनमा आफू पूर्ण जिम्मेवार रहेको बताएका छन्। राजस्वका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश पाएको भन्ने सांसदको प्रश्नमा अर्थमन्त्री शर्माले राष्ट्रप्रति कतै गद्दारी भए जिम्मेवारी लिन तयार रहेको बताएका हुन्। 

‘यहाँ कुनै राष्ट्रघात भएको छैन। देशको डलरको सञ्चिति, आयात र उत्पादनलाई ध्यान दिई राजस्वका दर परिवर्तन भएका हुन्’, शर्माले भने, ‘स्यानेटरी प्याडमा महिलाको स्वास्थ्यमा ध्यान दिएर महशुल छुट दिएको हो।’विद्युतीय सवारी साधनमा १ किलोवाट माथिको कर बढाउनुमा डलरको ध्यान दिएको बताए। 

‘कुन मान्छे भित्र आए कुन बाहिर गए मलाई थाहा छैन,’ उनले भने, ‘पौने १२ बजे पुलचोक क्वार्टरमा गएर आराम गरेको छु र बिहान ६ बजे मन्त्रालयमा गएको कुरा जानकारी दिन चाहन्छु।’

Skip This
Skip This
Logo