एसपीपी एमाले सरकारमा हुँदा किन होल्डमा राखेको : परराष्ट्रमन्त्री नारायण खड्का

एसपीपी एमाले सरकारमा हुँदा किन होल्डमा राखेको : परराष्ट्रमन्त्री नारायण खड्का

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको परराष्ट्र नीतिमा विचलन नआएको दाबी गरेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले शुक्रबार यसो भनेका हुन्। 

‘परराष्ट्र नीति विचलित भएको पनि छैन, आउट अफ ट्र्याक पनि भएको छैन,’ उनले भनेका छन्। उनले विदेश मामिलामा नेपालकै नीति अख्तियार हुने दाबी गरे। ‘विगतको सरकारको बेलामा पनि राष्ट्रका विषयमा थुप्रै कार्यक्रम भए,’ उनले भने, ‘हामीले हाम्रो हितअनुकुल बनाउने सामर्थ्य मन्त्रालयले राख्छ।’

नेपालको सर्वोपरि हितमा नै काम गर्ने खड्काले बताए। ‘त्यही शक्ति लिएर बनेको यो सरकार हो। अघिल्लो सरकार जति राष्ट्रवादी थियो, हामी पनि त्यति नै छौँ,’ खड्काले भने। उनले २०१५ मा भएका यी कुरा हुँदा इण्डोप्यासिफिक नीति नआएको बताए।

‘यो पार्टनरसिप प्रोग्राम गर्दा राम्रो हुन्छ होला भनेर आएको हो,’ उनले भने, ‘पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले किन होल्डमा राखेकोरु त्यही बेला रिजेक्ट गरेको भए सकिहाल्थ्यो।’

२०१९ पछि इन्डो प्यासिफिक नीति आएको भन्दै हाम्रो हितमा नभएमा आफूहरुले एसपीपीबारे निर्णय कुनै नगरेको दाबी गरे। ‘यसलाई यहीँ अन्त्य गर्ने भनेर हामीले भनिसकेका छौँ,’ खड्काले भने, ‘मैले कुनै प्रधानमन्त्री वा रक्षामन्त्रीलाई दोष दिन चाहन्नँ, सन् ०१५, ०१७ र ०१९ को कन्टेस्ट फरक हो।’

Skip This
Skip This
Logo