खाडीमा कार्यरत नेपाली घरेलु महिला कामदारमध्ये ९० प्रतिशत अवैधानिक

खाडीमा कार्यरत नेपाली घरेलु महिला कामदारमध्ये ९० प्रतिशत अवैधानिक

केन्द्रबिन्दु
0
Shares

घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली महिला अवैधानिक बाटोबाट गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव राजिव पोखरेलले यसबारे जानकारी दिनुभएको हो । ८० देखि ९० प्रतिशत घरेलु महिला कामदार अवैधानिक बाटोबाट गएको उनले बताए । 
 यस्तै, घरेलु कामदारमा गएका महिलाहरुको एकीन तथ्याँक सरकारसँग नभए पनि खाडी  देशमा ३ देखि ४ लाखको बीचमा घरेलु महिला कामदार रहेको पनि  उनको भनाइ छ । 

आज दिउँसो भएको कार्यक्रमा सरोकारवाला विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले घरेलु कामदारको समस्यालाई समाधान गर्न अन्तरमन्त्रालयबीच गहिरो समन्वय हुनुपर्ने बताए ।  परराष्ट्र मन्त्रालयले यसमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने  उनको भनाइ थियो ।  

यस्तै आप्रवासी महिला कामदार समूह आमकासकी अध्यक्ष विजया राई श्रेष्ठले घरेलु महिला कामदारको लागि शैक्षिक योग्यता तोक्न नहुने  बताए । शैक्षिक योग्यताको मापदण्डले गन्तव्य देशको भाषा जानेको, सबै कुरा राम्रोसँग बुझेका महिलाहरुलाई शैक्षिक योग्यताले रोक्न नमिल्ने उनको भनाइ थियो ।

 

Logo