आजको प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि छलफल हुने

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि छलफल हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने छ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । 

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुनेछन्।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधनविधेयक, २०७९–संसदमा प्रस्तुत गर्नेछन्। 

यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ। सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन्।यस्तै ‘ऋण तथा जमानत पच्चीसौं संशोधन विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo