साताको दोस्रो दिन सोमबार (आज) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ दशमलव २७ अंकले घटेको बजार आज पनि ४९ दशमलव ३१ अंकले घटेर १ हजार ८ सय ८४ दशमलव ८१ विन्दुमा झरेको छ ।
सोमबार २३० वटा धितोपत्रको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सोमबार १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको ४ दशमलव २८ प्रतिशतले घटेको हो ।
सोमबार आधिँखोला लघुवित्त वित्तीय संस्था र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यका सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी प्रभू बैंक लिमिटेडको प्रस्थापक शेयर ११ करोड ८३ लाख २० हजार रुपैयाँ बराबरको खरिद विक्री भयो ।





























प्रतिक्रिया