उत्तरी वजिरिस्तानमा बन्दुकधारीले गरेको आक्रमणमा चार शान्ति कार्यकर्ताको मृत्यु

उत्तरी वजिरिस्तानमा बन्दुकधारीले गरेको आक्रमणमा चार शान्ति कार्यकर्ताको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अज्ञात बन्दुकधारीहरूले पाकिस्तानको आतंकवाद प्रभावित उत्तरी वजिरिस्तान जिल्लामा एउटा कारमा आक्रमण गर्दा चार सामाजिक कार्यकर्ताको मृत्यु भएको छ ।

यी कार्यकर्ताहरू इलाकामा शान्ति स्थापनामा संलग्न युवा संगठनका सदस्य थिए ।  मिराली तहसीलको हैदरखेल क्षेत्रमा आइतबार आक्रमण भएको हो । पाकिस्तानी अखबार डनको रिपोर्ट अनुसार दुई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले चलिरहेको कारमा गोली हानेका थिए । आक्रमणमा चार जनाको मृत्यु भएको थियो । यी सबै सामाजिक संस्थाहरू ’युथ अफ वजिरिस्तान’ सँग सम्बन्धित थिए । 

वजिरिस्तानमा जरब–ए–अज्ब सैन्य अपरेशन पछि गठन भएको युथ अफ वजिरिस्तानले आतंकवाद प्रभावित क्षेत्रमा शान्ति स्थापना गर्न काम गर्छ । डनको रिपोर्टका अनुसार यो संगठनले टारगेट किलिंगको विरोधमा धर्ना समेत दिएको थियो ।
 

Logo