सेयर बजारमा गरेको कडाइ सहज बनाउ : एमाले

सेयर बजारमा गरेको कडाइ सहज बनाउ : एमाले

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए। 

पुँजीबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजीबजारको पुनरुउत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि पुँजीबजारको जोखिम हटाउनुपर्ने बताए। 

उनले भने, ‘लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुनरुउत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थमन्त्रालयले कदम उठाएर भएपनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहान्छौँ।’

Skip This
Skip This
Logo