एमालेमा दास भएर बसेकाहरुले आफूतिर धारेहात नलगाउन माधव नेपालको चेतावनी

एमालेमा दास भएर बसेकाहरुले आफूतिर धारेहात नलगाउन माधव नेपालको चेतावनी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनीहरु दास भएर एमालेमा बसेको भन्दै आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए ।

एकीकृत समाजवादीमा मन्त्री हेरफेरमा विवाद भएपछि एमाले नेताहरुले त्यसविषयमा माधव नेपालप्रति आलोचना गरेका थिए  । शनिबार पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले त्यसप्रति अक्रोश पोखेका हुन् ।

अहिलेसम्मको घटनाक्रममा आफूहरुले एमालेबाट गरेको विद्रोह जायज भएको पुष्टि भएको भन्दै उनले भनेका छन्, ‘अहिले म कथित १० भाइका अभिव्यक्ति सुन्दैछु । उनीहरुको दिमागबाट नशा उत्रिएको छैन, तथानाम लेखिरहेका छन् । दासोचित ढंगले त्यहाँ बसिरहेका छन्, मूल्यमान्यता छैन, पदीय गरिमाको सम्मान पाएका छैनन्, तर पनि हामीलाई धारेहात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि अहिलेकै सत्तारुढ दलहरुबीच गठबन्धन गरेर जानुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको भन्दै अध्यक्ष नेपालले भने, ‘एकातिर हामीले आफ्नो शक्तिमाथि भरोसा गरेर अघि बढ्ने र अर्को गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्षमा जनमत बनाउन लागिपर्नुपर्ने आवश्यकता छ ।’
 

Skip This
Skip This
Logo