मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै आमा माडी नगरपालिका-६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको  छ । 

मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo