एमालेका कैलाली जिल्ला अध्यक्ष थापा पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मेवारी दुर्गा जोशीलाई

एमालेका कैलाली जिल्ला अध्यक्ष थापा पदमुक्त, कार्यवाहक अध्यक्षको जिम्मेवारी दुर्गा जोशीलाई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

Logo