अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

केन्द्रबिन्दु
0
Shares

 

सु।प।प्र।०२००३ प ९३६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१ ००१ ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो । 

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका १ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी–६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् । 
यसैगरी, दार्चुलाको लेकम १ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् । 

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ । 
मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई बिपरीत दिशाबाट आउदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो । 

Skip This
Skip This
Logo