फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

केन्द्रबिन्दु
0
Shares

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपालका प्रख्यात उद्योगपति  तथा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्  । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा  प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरी सहभागी भएका हुन् । 

चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् एक्लो व्यक्ति हुन् ।

उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।

नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस  फिलिपिन्सका १७ औं राष्ट्रपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।

Avatar

 

Avatar

 

Logo