नाडा अटो शो मा ‘हुन्डाई भेन्यु फेसलिफ्ट’ आकर्षण बन्ने

नाडा अटो शो मा ‘हुन्डाई भेन्यु फेसलिफ्ट’ आकर्षण बन्ने

केन्द्रबिन्दु
0
Shares

भारतमा केही दिन पहिले मात्रै लन्च गरिएको हुन्डाई भेन्यु फेसलिफ्ट नाडा अटो शो मा आकर्षण बन्ने भएको छ ।

नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कार नेपाल ल्याउने तयारी गरिरहेको र ढिलोमा आगामी भदौसम्ममा हुने नाडा अटो शोमा नेपाल आउने बताइएको छ । हुन्डाईले पनि पछिल्लो समयमा सार्वजनिक गरेको नयाँ भेन्यु नेपाल ल्याउने र त्यो नाडा अटो शोका लागि एक आकर्षण हुनेछ ।

२०२२ हुन्डाई भेन्युको कस्मेटिक डिजाइन फेसलिफ्टेड हुन्डाई क्रेटा र नयाँ टक्सनसँग मिल्दोजुल्दो छ । यसमा रहेको ग्रिल अब नयाँ इन्सर्टको साथ स्क्वायर आकारको भएको छ र डीआरएल पहिलेको तुलनामा पातलो देखिएको छ । नयाँ हुन्डाई भेन्युको प्रोफाइलमा नयाँ अलोय ह्विल पनि जडान गरिएको छ । 

जबकि नयाँ कनेक्टेड स्प्लिट एलईडी टेल ल्याम्प सेटअप पछाडिको भागमा प्रयोग गरिएको छ । कारको चारैतिर नयाँ डिजाइन गरिएको बम्पर उपलब्ध रहेको छ । कारको इन्टेरियर डिजाइनमा खासै परिवर्तन गरिएको छैन । यसको क्याबिनमा कालोरक्रीम रङ प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । यसमा किया करेन्सको जस्तै डिजिटलाइज्ड ड्राइभर डिस्प्ले उपलब्ध छ, जबकि ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम अब एलेक्सा र गुगल भ्वाइस असिस्टेन्ट सपोर्ट गर्छ ।

नयाँ हुन्डाई भेन्युको रियरमा रिक्लाइनिङ सिट उपलब्ध छ । यसबाहेक सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिंगल प्यान सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस फोन चार्जर र पुश बटन स्टार्टको साथमा कीलेस इन्ट्री, ६ वटा एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र आर्यएसओफिक्स चाइल्ड सिट माउन्ट जस्ता फिचर उपलब्ध छन् ।

नयाँ २०२२ हुन्डाई भेन्युमा हाल विद्यमान हुन्डाई भेन्युका ३ वटै इन्जिनको विकल्प दिइनेछ । यसमा १-लिटर टर्बो-पेट्रोल ९/२० बीएचपी०, १.५-लिटर डिजेल इन्जिन ९१०० (बीएचपी) र १.२-लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन ९८३ (बीएचपी) समावेश छ ।
 

Logo