नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ ।
उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिन्ह नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।
‘ गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो ।
नेता सिंखडाले गठबन्धनबाट नेपाली काङ्ग्रेसले धेरै फाइदा लिएको बताए । ‘ राजधानी उपत्यकाको हालत के छ ? आज वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था छ’ उनले भने ।
उनले मधेस र राजधानीमा पार्टी निर्माणमा लाग्न नेतृत्वलाई आग्रह गरे । गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार नभएको भन्दै नेता सिंखडाले माओवादीलाई हराउन कांग्रेसले अरु दलको साथ लिएको बताए ।





























प्रतिक्रिया