आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसलिटी क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसलिटी क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

केन्द्रबिन्दु
0
Shares

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका ग्राहकलाई ग्यालेक्सी स्पेसलिटी क्लिनिकमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । 

सो सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  ग्यालेक्सी स्पेसलिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरे । सम्झौता अनुसार आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयर धनी तथा ग्राहकहरूलाई 

ग्यालेक्सी स्पेसलिटी क्लिनिक महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरुमा १० प्रतिशत छुट दिइनेछ । एक्सरे, युएसजी, दसीजी, इको लगायत सेवाहरुमा १० प्रतिशत सम्म र ओपिडी सेवामा २५ प्रतिसतसम्म छुट प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ । साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसिलिटी क्लिनिकसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरूलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

Skip This
Skip This
Logo