भलिबल संघको बैठक साउन पहिलो साता

भलिबल संघको बैठक साउन पहिलो साता

केन्द्रबिन्दु
0
Shares

नेपाल भलिबल संघ (एनभीए) को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । 

आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बस्ने चुनाव ५ साउनमा हुनेछ । जुन बैठकले विवादित बनेको बागमती प्रदेशको निर्वाचन र केन्द्रीय चुनावी साधारणसभाको मिति तय गर्ने बताइएको छ । 

मनोरञ्जन रमण शर्माको कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले निर्वाचन गर्न सकेको छैन । सात प्रदेश र ७७ जिल्लालाई मताधिकारमा समेट्ने उद्देश्य बनाएको संघले १५ असारसम्मको लागि जिल्ला र प्रदेशको निर्वाचन गराउने अन्तिम मिति बताएको थियो । 

तर, ६ प्रदेश र ७७ जिल्लाको निर्वाचन सकिँदा पनि बागमती प्रदेशको निर्वाचनमा भने विवाद भएपछि निर्वाचन हुन सकेन । जुन बैठकले यस विवादको समेत समाधान गर्ने विश्वास गरिएको छ । 
 

Skip This
Skip This
Logo