१ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

१ हजार ६ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सयले घटेर प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।

Skip This
Skip This
Logo