एक थान  पेस्तोल सहित दुई जना पक्राउ

एक थान  पेस्तोल सहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

एक थान कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–१ नम्सगराढाठ बस्ने २९ वर्षीय अनिल मुखिया र सोही ठाउँ बस्ने २५ वर्षीय गुड्डु मुखिया छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

नम्सगराढाठ पोखरीको डिलमा उनीहरूले हतियार देखाई धाकधम्की दिईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo