शिखर धवनलाई वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय सिरिजका लागि भारतीय टोलीको कप्तानको जिम्मेवारी दिइएको छ । यस्तै रविन्द्र जडेजालाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
वेस्ट इन्डिज भ्रमणमा भारतले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय खेल २२ जुलाईदेखि हुनेछ । त्यसलगत्तै भारतीय टोलीले पाँच खेलको टी—२० शृंखला पनि खेल्नेछ ।
बीसीसीआईले वेस्ट इन्डिज विरुद्धको तीन खेलको एकदिवसीय सिरिजका लागि शिखर धवनलाई टिम इन्डियाको कप्तान बनाएर सबैलाई चकित पारेको छ । धवनले यसअघि गत वर्ष श्रीलंका भ्रमणमा टोलीको नेतृत्व गरेका थिए । अब फेरि एकपटक उनले नेतृत्व सम्हाल्नेछन् । नियमित कप्तान रोहित शर्माको अनुपस्थितिमा धवनले यो जिम्मेवारी पाएका हुन । रोहितलाई वेस्ट इन्डिज भ्रमणमा आराम दिइएको छ । रोहितका अलावा विराट कोहली, हार्दिक पाण्ड्या र जसप्रित बुमराहलाई पनि आराम दिइएको छ ।
एकदिवसीय क्रिकेटमा धवनको पछिल्लो एक वर्षको प्रदर्शनलाई हेर्दा उनी ७ खेलमा मात्रै टिमका लागि मैदानमा उत्रिएका थिए । यस अवधिमा उनले ५१.१६ को औसतमा ३०७ रन बनाए, जसमा तीन अर्धशतक पनि समावेश छन् ।
वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृङखलाका लागि भारतीय टोलीः
शिखर धवन (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुड्डा, सूर्यकुमार यादव, श्रेयस ऐयर, इशान किशन, सञ्जु सैमसन (विकेटकीपर), शार्दुल ठाकुर, युजवेन्द्र चहल, अक्षर पटेल, आवेश खान, प्रणन्दिक कृष्ण, मोहम्मद सिराज र अर्शदीप सिंह ।





























प्रतिक्रिया