रेणुकालाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री महेश्वर गहतराज

रेणुकालाई भेट्न अस्पताल पुगे खेलकुद मन्त्री महेश्वर गहतराज

केन्द्रबिन्दु
0
Shares

खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

१९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।  

प्रशिक्षणका क्रममा दुःखद् घटना भएको भन्दै मन्त्री अथकले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो । 

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने भएकी छिन् । यस्तै, घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपसमेत रेणुकाले गुमाउने छिन् । 
 

Logo