अहिले अमेरिकामा बस्ने महोगनी गेटरका केही तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन ।
उनको तस्बिर भाइरल हुनुको कारण पनि खास छ । वास्तवमा महोगनी गेटोरको एउटा खुट्टा आवश्यकभन्दा ठुलो छ । उनको बायाँ खुट्टाको तौल ४५ किलो छ । मिडिया रिपोर्टका अनुसार २४ वर्षीय मोडल जन्मजात हात्तीपाइले रोगले ग्रसित थिइन ।
हात्तीपाइले रोगका कारण उनको शरीरमा एक्सेस लिक्विड जम्मा भयो र शरीरको नरम तन्तुहरूलाई निशाना बनाउन थाल्यो, त्यसैकारण उनको शरीरको बाँया भाग सुन्निन थाल्यो ।
हालत यस्तो भयो कि उनको बायाँ खुट्टा नराम्ररी ठुलो भयो । तर महोगनीले हार मानिनन् ।
आफ्नो यो खुट्टाको तौलका कारण उनले सादा जीवन बिताउन मात्र होइन, आफू मोडलिङमा लागेर सक्षम बनेकी छिन । सामाजिक सञ्जालमा उनी यहि शारीरिक अवस्थाका कारण आज विश्वभर चर्चित छिन ।





























प्रतिक्रिया